दाङ - लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं। २ (ख) बाट निर्वाचित डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तीलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
डाँगीले राजीनामा दिएको लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले पुष्टि गरे । माननीय डाँगीले भर्खरै सभामुखज्यूलाई भेटेर राजीनामा दिनुभएको छ । सभामुखले सचिवालयमा पठाउनुभएको छ मगरले भने ।
मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ ।