Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रियसभा उपनिर्वाचनमा बादलविरुद्ध माधव-प्रचण्डको उम्मेदवार खिमलाल, देउवाको पनि साथ

राष्ट्रियसभा उपनिर्वाचनमा बादलविरुद्ध माधव-प्रचण्डको उम्मेदवार खिमलाल, देउवाको पनि साथ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २२, २०७८ बुधवार • १७:१३:०१ बजे
  • 1.5K
    SHARES
  • राष्ट्रियसभा उपनिर्वाचनमा बादलविरुद्ध माधव-प्रचण्डको उम्मेदवार खिमलाल, देउवाको पनि साथ

    पोखरा - आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल समूहले डा। खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ। 

    images

    मंगलबार भएको कांग्रेस र माओवादीको बैठक लगत्तै महाराजगञ्‍जमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच भएको भेटवार्तामा उक्त सहमति जुटेको हो। यही विषयलाई लिएर आज बिहान पनि प्रचण्ड, नेपाल र यादवबीच हात्तीवनमा वार्ता भएको थियो।

    उक्त वार्ताबाट बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष भइसकेका देवकोटालाई बादलविरुद्ध उठाउने सहमति भएको हो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology