Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बरङ्जाका नव गायक बिकाश अनुरागिको लेकमा गोवान बोलको गीत बजारमा

बरङ्जाका नव गायक बिकाश अनुरागिको लेकमा गोवान बोलको गीत बजारमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २३, २०७८ बिहिवार • ०९:५७:२८ बजे
  • 3.8K
    SHARES
  • बरङ्जाका नव गायक बिकाश अनुरागिको लेकमा गोवान बोलको गीत बजारमा

    दर्पण रोका,बरङ्जा - मङ्गला गाउपालिका ३ बरङ्जाका नव गायक बिकाश अनुरागिको लेकमा गोवान बोलको गीत बजारमा आएको छ । लोकदोहोरी गीत लेकमा गोबानामा नव गायक अनुरागी र टिका सानुले स्वर दिएका छन ।

    images

    घरको परिस्थितिले गर्दा ३ बर्ष कतारमा पसिना बेचेर फर्केका  बिकाशको गित गाउने रहर सानै देखि थियो । तर चरम गरीबी र आर्थिक समस्याकै कारण उनको सोंच पुरा हुन् सकेको थिएन । कतारबाट फर्किएपछी उनले आफ्नो रहर पुरा गर्न तल्लिन भए । पसिनाको मूल्य उनले आफ्नो सानैदेखिको एउटा भए पनि गीत निकालौं भन्ने रहरमा लगानी गरेका छन् । सांगीतिक दुनियाँमा सघर्ष गर्न निकै कठिन छ । र पनि उनले  आफ्नो मन भित्रको रहर पुरा गरेको बताउछन । लोक संगित जस्ले समेत्छन आफ्नै परिवेश । गाउछन हामी भित्रको भाका, अनि  लेक बेशी शहर बजार जहा रहे पनि जहा भए पनि गित सबैले गुनगुनाउने गर्दछन । पछिल्लो समय लोक संगितमा लाग्ने संगितमै केहि गरौँ भन्नेहरुको  लर्को उस्तै छ ।यसै वीच अहिले बजारमा लेकमा गोवान  बोलको नयाँ गीतले कति माहोल लिन सक्ला सवालको बिषय बनेको छ । म्युजिक भिडियो बजारमा आएको छ भिडियो निकै उत्कृस्ट छ । जो कोहीलाई मन पर्ने, गीतको भाका  र लय सरल छ । त्यसैले पनि होला अनुरागीले यो गीतले सबैको मन छुने आसा गरेका छन् ।

    टिका सानु युटुब च्यानल बाट सार्बजनिक भएको उक्त गितमा स्वर बिकाश अनुरागी र टिका सानुको रहेको छ  शब्द भने  सज्जन बोहोराको रहेको छ । लय बिकाश अनुरागीकै रहेको  गीतको  एरेन्ज आकाश नेपालीले गरेका हुन् भने गीतको  मोडलमा करिश्मा ढकाल, दिप सागर, टिका सानु, र बिकाश अनुरागी रहेका छन । यो गित 1DB रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको छ ।

    भिडियो

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology