Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनको अभाव

बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनको अभाव

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २३, २०७८ बिहिवार • १५:४५:४१ बजे
  • 1.8K
    SHARES
  • बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनको अभाव

    बागलुङ । बुर्तिबाङमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनको अभाव छ । संक्रमण जोखिम बढ्दै जाँदासमेत स्वास्थ्य केन्द्रमा अक्सिजन र जनशक्तिको समेत अभाव हुँदा समस्या बढ्दै गएको छ ।

    images

    बागलुङमा पछिल्लो समय कोरोना संक्रमणको दर तीव्र गतिमा बढेको छ । धौलागिरी अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन प्लान्ट मार्फत उपचार गरिएको छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनको अभाव भएकाले कोरोना संक्रमितको उपचारमा समस्या पर्ने स्वास्थ्य केन्द्र प्रमुख डाक्टर मिलन मल्लले बताउनुभयो ।

    अक्सिजनसँग स्वास्थ्य केन्द्रमा कर्मचारी र स्वास्थ्य सामग्रीको पनि समस्या भएको छ । कोरोना बाहेकका बिरामीलाइ सेवा दिइराखे पनि कोराना संक्रमण बढेको अवस्थामा अहिलेको जनशक्तिले थेग्न नसक्ने डाक्टर मल्लको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # अक्सिजनको अभाव
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology