काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अङ्गे्रज साम्राज्यवादकालीन गोर्खा भर्तीकेन्द्र खारेजीको माग गरेका छन् ।पार्टी महासचिव विप्लवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१औँ शताब्दीमा पनि कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवम् लज्जास्पद विषय भएको बताउँदै उक्त गोर्खा भर्तीकेन्द्र खारेजगर्न माग गर्नुका साथै नेपाली युवालाई चीनविरुद्ध लड्न नपठाउन आग्रह गरेका हुन् ।
सीमा विवादको विषयलाई लिएर हालै चीन र भारतबीच तनाव देखिएको अवस्थामा भारतले सीमा क्षेत्रमा गोर्खा रेजिमेन्टलाई तैनाथगराउने तयारी गरिरहेको अवस्थामा नेकपाका महासचिव विप्लवले दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामाभर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाका पक्षमा अर्काका विरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित नभएको उल्लेख गरेका छन् ।
साथै सीमा क्षेत्रमा गोर्खा रेजिमेन्ट खटाउने कुरा याे असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तका विरुद्ध पनि भएको भन्दै महासचिवविप्लवले उक्त कदम समान छिमेकीका बीचमा रहेको नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक रहेको पनि उल्लेखगरेका छन् ।
साथै महासचिव विप्लवले देशका लागि लज्जाजनक रहेको गोर्खा भर्तीलाई यथाशीघ्र खारेज गर्न र युवाहरूलाई स्वदेशमै रोजगारीकोव्यवस्था गर्न राज्यसँग माग पनि गरेका छन् । उनले नेपाली युवाहरू कार्यरत गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाईआग्रह गरेका छन् । उनले नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेषअपिलसमेत गरेका छन् ।