Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बर्मन बुढाको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त , "बुढा संघर्षका प्रेरणादायी अभिभावक"

बर्मन बुढाको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त , "बुढा संघर्षका प्रेरणादायी अभिभावक"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ७, २०७७ बुधवार • १०:४९:५० बजे
  • 1.9K
    SHARES
  • बर्मन बुढाको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त , "बुढा संघर्षका प्रेरणादायी अभिभावक"
    रोल्पा जिल्लाका क्रान्तिकारी नेता तथा पूर्वसांसद कमरेड बर्मन बुढाको निधनले आफूलाई मर्माहत बनाएको नेकपा अध्यक्ष प्रचण्डले बताएका छन् । प्रचण्डले बुढालाई ‘संघर्षका प्रेरणादायी अभिभावक’ को रुपमा स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् । 


    ‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ । सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो’, प्रचण्डले जारी गरेको शोक बक्तव्यमा भनिएको छ, ‘उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ । संघर्षका प्रेरणादायी अभिभावक बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’


    बुढाको पाटन अस्पताल, ललितपुरमा उपचारका क्रममा बुधबार बिहान ९० वर्षको उमेरमा निधन भएको थियो । 
    pra.jpg

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology