Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २३, २०७८ बिहिवार • १६:४६:५३ बजे
  • 1.7K
    SHARES
  • बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

    बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १ : ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहान अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको साथी सबिन श्रेष्ठले बताए ।

    images

    सास फेर्न गाहे भएपछि उहाँलाई बिहान अस्पताल लगेका थियौ’ सविनले भने ‘अहिले केही समय अगाडि निधन भएको छ ।’ श्रेष्ठले कोरोना रिपोर्ट समेत नेगेटिभ आएको सविनको भनाई छ ।

    एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, गोरेँटो यो गाउँको’, पर लैजाउ फुलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि त्यतिकै सुनिने गरिन्छ । विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट उनको जन्म भएको थियो ।

    उनको घरमै सांगीतिक माहोल थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे ।

  • सम्बन्धित विषय:

  • # प्रेमध्वज प्रधान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology