काठमाडौं । गएराती राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच करिब तीन घन्टा भेटवार्ता भएको छ ।
जेठ ६ गतेका लागि निर्धारित राष्ट्रिय सभा निर्वाचनका लागि बन्ने समीकरण र वैशाख २७ गते प्रधानमन्त्रीले संसदमा लिन लागेको विश्वासको मतको सन्दर्भलगायतका विषयहरुमा नेता नेपाल र राष्ट्रपति भण्डारीबीच कुराकानी भएको बुझिएको छ ।
कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि नेपाल सिधै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । यसअघि बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरुबीच भेटवार्ता भएको थियो ।