Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशको विशेष अधिवेशन

वैशाख २७ गते मुख्यमन्त्री गुरुङविरुद्द अविश्वासको प्रस्तावमाथि मतदान हुने

वैशाख २७ गते मुख्यमन्त्री गुरुङविरुद्द अविश्वासको प्रस्तावमाथि मतदान हुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २४, २०७८ शुक्रवार • १०:१५:२४ बजे
  • 1.4K
    SHARES
  • वैशाख २७ गते मुख्यमन्त्री गुरुङविरुद्द अविश्वासको प्रस्तावमाथि मतदान हुने

    पोखरा । अन्योलमा रहेको गण्डकी प्रदेशको विशेष अधिवेशनको अर्काे बैठक वैशाख २७ गते बस्ने भएको छ ।

    images

    बिहीबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले २७ गते ११ बजे बैठक बस्ने निर्णय गरेको हो । सत्तापक्ष र प्रतिपक्ष समेतको सहमतिमा बैठक आह्वान गरिएको हो । सत्तापक्षले यसअघि जेठ लागेपछि बैठक बोलाउने भन्दै आएको थियो भने विपक्षी जतिसक्दो छिटो बैठक बोलाउनुपर्ने पक्षमा थिए ।

    दुवैपक्ष अडानमा लागेपछि मध्यमार्गी मिति खोजिएको सत्तारुढ सांसद मायानाथ अधिकारीले बताए । कोभिड लागेका सांसदलाई अलग्गै बस्ने व्यवस्था मिलाएर संसद बैठक बस्ने सभामुखले बताउनुभएको छ । कोभिड लागेका सांसदले बोल्न नपाए पनि भोट भने हाल्न पाउनेछन् ।

    बैठकमा मुख्यमन्त्रीको साटो अधिकारप्राप्त मन्त्रीले उनको तर्फबाट जवाफ दिनेछन् । मुख्यमन्त्री गुरुङ अहिले कोभिड–१९ पोजेटिभ भएर होम आइसोलेसनमा हुनुहुन्छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकै दिन कांग्रेस सहित ३ दलले विशेष अधिवेशन मागेर प्रदेश प्रमुखको पत्र दर्ता गरेका थिए ।

    वैशाख १३ गते सुरु भएको विशेष अधिवेशनमा वैशाख १५ गते अविश्वासको प्रस्तावमाथि मतदानको कार्यसूची रहेको थियो । जनमोर्चाका सांसद खीमविक्रम शाही हराएको सूचना पाएपछि सभामुखले बैठक स्थगित गरेका थिए । त्यसपछि सत्तापक्षले यो कदमको विरोध गर्दै आएको थियो ।

    गण्डकी प्रदेशमा कुल ६० सांसद छन् । तीमध्ये नेकपा एमालेका २७ जना, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा नेपाल (राजमो) का ३, जनता समाजवादी पार्टी (जसपा) का २ र स्वतन्त्र १ जना सांसद छन् ।

    गत वैशाख २ गते प्रमुख प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र, जसपाका गरी २८ सांसदले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री विरुद्ध अविश्वास पत्र दर्ता गर्दै विशेष अधिवेशन माग गरेका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology