Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीसँग कुनै सहमति भएको छैन: नेपाल

ओलीसँग कुनै सहमति भएको छैन: नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०७८ शुक्रवार • ११:५८:५६ बजे
  • 1.3K
    SHARES
  • ओलीसँग कुनै सहमति भएको छैन: नेपाल

    नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको बताएका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत त्यसका लागि वार्ता र लचकता अपनाउने पनि बताएका छन् । नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहेको उनको भनाइ छ ।

    images

    ०७७ फागुन २८ गते र तत्पश्चात बसेका बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने र ०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूहरुको बटमलाइन भएको उनको आग्रह छ । “हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौँ । किनकि यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौँ । 

    अहिले्सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौँ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology