Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्व शक्ति राष्ट्र, इरानबीचको आणविक सम्झौताबाट बाहिरिएको अ'मेरिकाले फेरी फर्कने संकेत

विश्व शक्ति राष्ट्र, इरानबीचको आणविक सम्झौताबाट बाहिरिएको अ'मेरिकाले फेरी फर्कने संकेत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २५, २०७८ शनिवार • ०९:३९:३६ बजे
  • 1.8K
    SHARES
  • विश्व शक्ति राष्ट्र, इरानबीचको आणविक सम्झौताबाट बाहिरिएको अ'मेरिकाले फेरी फर्कने संकेत

    एजेन्सी । विश्व शक्ति राष्ट्रहरु र इरानबीचको आणविक सम्झौताबाट बाहिरिएको अमेरिकाले फेरी फर्कने संकेत दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक संयुक्त बृहत्तर यो'जनामार्फत अमेरिका सम्झौतामा पुनः सामिल हुन चाहेको बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

    images

    यसकालागि इरानले सम्झौतामा तोकिएका मापदण्डलाई पूर्ण पालना गर्नुपर्ने अमेरिकाको शर्त छ । अ'मेरिकाको यस्तो संकेतसंगै विश्व शक्ति राष्ट्रहरूले इरानसँगको आणविक सम्झौताबारे अष्ट्रियाको राजधानी भियनामा चौथो चरणको वार्ता शुरू गरेका छन् । अमेरिका र इरान दुबैले समाधान सम्भव भएको संकेत दिएपछि सुरुभएको वार्ता सफल हुने विश्वास लिइएको छ । 3

    सन् २०१५ मा अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाको अग्रसरतामा विश्व शक्ति राष्ट्रहरूले इरानसँग गरेको महत्वपूर्ण आणविक सम्झौता गरका थिए । सन् १९ सय १८मा अमेरिकालाई कुनै हित नगर्ने भन्दै तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताबाट पछि हटेको घोषणा गरेका थिए ।

    अ'मेरिका सम्झौताबाट बाहिरिएपछि इरान पनि पछि हटेको थियो । देशलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने उद्देश्यले गरिएको सम्झौताबाट फिर्ता हुँदै यु'रेनियम प्रशोधन तथा उत्पादनलाई अझ व्यापकता दिने काम इरानले गर्दै आएको छ । सन् २ हजार १५ मा भएको सम्झौतामा अमेरिकासँगै फ्रान्स, बेलायत, रसिया र चीन र इरानले हस्ताक्षर गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology