Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वैदेशिक रोजगारीबाट फर्किएका यात्रुसँग, तीन गुणा बढी भाडा लिने टिकट काउन्टरका कर्मचारी पक्राउ

वैदेशिक रोजगारीबाट फर्किएका यात्रुसँग, तीन गुणा बढी भाडा लिने टिकट काउन्टरका कर्मचारी पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २५, २०७८ शनिवार • ११:०७:३८ बजे
  • 1.4K
    SHARES
  • वैदेशिक रोजगारीबाट  फर्किएका यात्रुसँग, तीन गुणा बढी भाडा लिने टिकट काउन्टरका कर्मचारी पक्राउ

    वैदेशिक रोजगारीबाट फर्किएर घर जान लागेकासँग तीन गुणा बढी भाडा लिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिनेलाई शुक्रबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। उनीहरू टिकट काउन्टरका कर्मचारीहरू हुन्।

    images

    कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटीका ३४ वर्षीय राम सुरेललाई महाशाखाले पक्राउ गरेको हो। उनीहरूलाई महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए। अहिले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। त्यसक्रममा वैदेशिक रोजगारीबाट फर्किएका तथा अत्यावश्यक परी घर फर्किने यात्रुहरूसँग तोकेकोभन्दा तीन गुणा बढी भाडा लिएको पाएको हो। सो सूचना पाएपछि प्रहरीले उनीहरूलाई गौशाला र कोटेश्वरबाट पक्राउ गरेको हो।

    उनीहरूले काठमाडौंदेखि झापा र मोरङ्ग जाने यात्रुहरूसँग जनही तीन हजारदेखि चार हजार पाँच सयसम्म भाडा लिएका थिए। ट्राफिक प्रहरी महाशाखले निषेधाज्ञा जारी भएदेखि समस्यामा पर्नेहरूलाई घर पुर्‍याउने क्र'ममा ठगिन सक्ने भन्दै विशेष टोली गठन गरेको छ। त्यसैअन्तर्गत बढी भाडा लिई ठगी गर्ने ६ जनालाई प'क्राउ गरिसकेको छ।

  • सम्बन्धित विषय:

  • # कर्मचारी पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology