Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २५, २०७८ शनिवार • १४:००:१८ बजे
  • 772
    SHARES
  • कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ। यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको हो ।

    images

    सङ्घीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूचि रहेको संसदीय दलको कार्यालयले जनाएको छ।

    प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology