Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्वर्ग खोजिस मूर्ख मनुवा! 

स्वर्ग खोजिस मूर्ख मनुवा! 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २५, २०७८ शनिवार • १८:३१:२० बजे
  • 1.8K
    SHARES
  • स्वर्ग खोजिस मूर्ख मनुवा! 

    राम जि बाँठा ,पक्षिम रुकुम ।

    images

    त्रासद, जसले नीकटता डरायो,
    संत्रास, जसले सामिप्यता भगायो,
    डर,जसले आलिंगन टढ्यायो,
    भय, जसले जीवन नै तड्पायो,
    तर,तर त्यो...!!


    त्यो न त्रसित छ,
    न त भ"यभित नै !
    न लज्जित  छ,
    न त पश्चातापी नै!
    जोवन भन्दा माथि,
    जीवन भन्दा मुल्यवान,
    श्वासको अन्तिम सर्कासम्म पनि
    त्यो निर्धक्क स्वप्नील छ!
    त्यो....त्यो को हो?
    हे, मनुवा!


    तँ भित्र पल्लवित त्यो,
    तेरै कारण पन्पीरहेको छ ,र
    र, तँलाई समयले चिर्दै चिथोर्दै,
    तेरा अन्तर्अङ्गहरु धुजा पार्दै,
    तड्पाई तड्पाई चपाईरहँदासम्म पनि,
    अलिकन दुखेन तेरो तन
    अलिकन महसुस गरेन त्यरो मन!!!
    तँ, तँ लोभी पापी,
    स्वार्थी लालची!


    महामारीसँग सौदा गरेर,
    प्रकोपहरुसंग तमसुक गरेर,
    कोरोनासंग जीवन साटेर,
    त्यो संग लेप्पासिदै
    त्यो संग सति जाँदै ,
    स्वर्ग खोजिस मूर्ख मनुवा!!


    ख्याल गर मनुवा,
    होशियार मनुवा......!!!


    हो त्यो.., त्यो को हो?
    त्यो भ्रष्टाचार हो...हो भ्रष्टाचार!!:


    भ्रष्टाचार नाम हो त्यो,
    तेरो स्वर्णिमता प्राप्तिको मार्ग,
    तेरो सम्पन्नता प्राप्तिको आदर्श,
    तेरो अजरता प्राप्तिको अमृत,
    मूर्ख मनुवा ख्याल गर्!
    पाखन्डी मनुवा होशियार बन्!
    नत्र, नत्र..स्वर्ग होईन स्वर्गियता.....!! जय सत्य।।।।

  • सम्बन्धित विषय:

  • # मूर्ख मनुवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology