Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २५, २०७८ शनिवार • १९:४१:४५ बजे
  • 1.6K
    SHARES
  • नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने

    पोखरा - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने भएको छ। शनिबार नयाँ बानेश्वरस्थित संसद्को ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

    images

    काङ्रेसका एक नेताका अनुसार आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने केन्द्रीय समितिको निर्णयलाई अनुमोदन गर्दै बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो। बैठकले अन्य दललाईसमेत प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आह्वान गर्ने निर्णय गरेको छ।

    नेताका अनुसार संवैधानिक परिषद् बैठक बहिष्कार गर्ने निर्णयसमेत बैठकले गरेको छ। त्यसैगरी बैठकले कोरोना महामारीमा जनताले उपचार नपाएको प्रति आपत्ति जनाउँदै महामारी नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ। वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन आह्वान गरेको पूर्वसन्ध्यामा कांग्रेस संसदीय दलको बैठक बसेको हो।

  • सम्बन्धित विषय:

  • # विश्वासको मत
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology