नेपाली कांग्रेसको संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा न"याँ सरकार बनाउने निर्णय गरेको छ । भर्खरै सम्पन्न बैठकले वैकल्पिक सरकार निर्माणको प्रयास जारी राख्ने, प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
प्र"धानमन्त्री केपी शर्मा ओ"ली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन बैठकले आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए । संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको रा'जीनामा माग गर्ने समेत निर्णय गरेको छ ।
सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको नेता खाँडको भनाई छ । कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको हो ।
प्र'तिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओ"लीले विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री ओ'लीको विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो ।