पोखरा - प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी र प्रेस सल्लाहकार सूर्य थापालाई पुनः को'रोना संङ्क्रमण पुष्टि छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले पिसिआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि स'ङ्क्र'मण देखिएको जानकारी दिए ।
यसअघि पनि थापा र भण्डारी दुवैलाई सं'ङ्क्र'मण देखिएको थियो । शुक्रबार प्रधानमन्त्रीसहित उनका स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पिसिआर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई भने स'ङ्क्र'मण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए ।