लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल विरुद्द फेरी प्रतिपक्ष दलहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन । विपक्षी गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका ४० सांसदहरूले पुन: अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, कांग्रेस प्रमुख सतेक फकुरूदिन खानलगायतले प्रदेशसभा सचिव दुर्लभ पुनलाई अविश्वास प्रस्ताव बुझाएका हुन् । पोखरेलविरुद्ध यसअघि पनि अविश्वास प्रस्ताव दर्ता दर्ता भएको थियो । तर, राजीनामा दिएर एमालेको एकल बहुमतको दावीसहित उनी पुन: मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
लुम्बिनी प्रदेशसभाको बैठक वैशाख १९ गते विशेष अधिवेशन बोलाएर अन्त्य भइसकेको छ । विपक्षी गठबन्धनले भने आफूतिर बहुमत रहेको भन्दै मुख्यमन्त्रीको पुनर्नियुक्ति खारेज गर्नुपर्ने जिकिर गर्दै आएका छन् ।