Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्रीको राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २६, २०७८ आइतवार • १५:४१:२२ बजे
  • 1.4K
    SHARES
  • प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने

    भोलि दिउँसो संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै हुनुुहुन्छ । तर,संसदको अंक गणितले उहाँलाई विश्वासको मत मिल्ने अवस्था छैन । त्यसैले विश्वासको मत नपाएपछि स्वतः राजीनामा दिनुपर्ने भएकाले उहाँले राजीनामा दिने पक्का भएको हो । जन आस्थाबाट साभार

    images

    स्रोत भन्छ भोलि विश्वासको मत नपाएपछि लगत्तै शीतल निवास पुगेर राजीनामा दिनुहुनेछ । अनि राष्ट्रपतिले पनि त्यहिँ अल्पमतको सरकारको प्रधानमन्त्री बनाएको घोषणा गर्नुहुनेछ । भोलि साँझदेखि सम्भवतः उहाँ ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा कामचलाउ प्रधानमन्त्री बन्नुहुनेछ । यसअघि ०६७ सालमा राजीनामा दिएर १७ राउण्डको चुनाव गर्दा पनि नयाँ सरकार बन्न नसक्दा माधवकुमार नेपालले ७ महिनासम्म कामचलाउ सरकार चलाएजस्तै नयाँ सरकार बन्न नदिने ओलीको अधिकतम कोशिश हुनेछ ।

    ०६७ सालमा राजीनामा दिएर १७ राउण्डको चुनाव गर्दा पनि नयाँ सरकार बन्न नसक्दा माधवकुमार नेपालले ७ महिनासम्म कामचलाउ सरकार चलाएजस्तै नयाँ सरकार बन्न नदिने ओलीको अधिकतम कोशिश हुनेछ ।

    यता बालुवाटारमा रहेका कालो कोट लगाउनेहरूको तर्क भने यस्तो छ- प्रधानमन्त्रीले सबैभन्दा पहिले संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त पार्टीका हैसियतमा सरकारको नेतृत्व गर्नुभयो । नेकपा अध्यक्ष हुनुको कारण उहाँले उपधारा (१) बमोजिम उक्त हैसियत प्राप्त गर्नुभएको हो । अदालतको आदेशपछि पनि माओवादीबाट समर्थन फिर्ता नहुँदा उहाँले करिब साढे दुई महिना संयुक्त सरकार अर्थात धारा (२) को प्रयोग गर्नुभयो । अब भोलिदेखि उपधारा ३ अनुसारको प्रधानमन्त्री बन्नुहुनेछ ।

    त्यसपछि विश्वासको मत नपाए अर्को धारामा जान प्रयास गर्नुहुनेछ । त्यतिबेलासम्म बजेट घोषणा गर्ने दिन आइसक्छ । सम्भवतः बजेट र नीति तथा कार्यक्रममा भएभरको चुनावउन्मुख लोकप्रिय कार्यक्रम सामेल गरिनेछ । त्यसपछि सरकारलाई विश्वासको मत प्राप्त नभए घोषणा भएको बजेट र लोकप्रिय कार्यक्रमलाई देखाउँदै चुनावसम्म प्रचार गर्ने रणनीति बनाइएको छ । अहिले जसपाका एकथरि नेतालाई पनि संविधानको धारा ७६ (५) र (७) अन्तर्गत दाबी हुने देउवाको प्रस्तावमा समर्थन नगरिदेऊ भन्नको लागि मात्र आफ्नो पकडमा राखिएको हो ।

    त्यसपछि मुलुक स्वतः चुनावमा जाने योजना बनाएर प्रधानमन्त्री केपी ओली अघि बढ्नुभएको बताइन्छ । सरकारी विश्लेषणअनुसार अहिलेको महामारी अझै ६ देखि ८ महिना लम्बिने छ । यसकारण निर्वाचन र अन्य कार्यक्रम स्वतः केही समयसम्म लम्बिनेमा उनीहरू ढुक्क भएका हुन् ।

    अहिले प्रधानमन्त्री ओली तथा उहाँको टोली लुम्बिनी मोडललाई अझ परिकृष्त ढंगले प्रयोग गर्ने धुनमा लागेको स्पष्ट छ । त्यहाँ बिहान ७ बजे राजीनामा दिँदै अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे बोलाइएको हाउस अन्त्य गरेर राती मुख्यमन्त्रीको नियुक्ति र सपथ भएको थियो । शपथ गराउन प्रदेश प्रमुख मुख्यमन्त्रीको निवास पुग्नुभएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology