नेकपा एमाले भित्र असन्तुष्ट पक्षमा रहेका नेपाल खनालका सांसदहरुले तत्कालै राजीनामा नबुजाउने भएका छन । भोली वैशाख २७ मा प्रधानमत्री केपी शर्मा ओलीले विश्वासको मत लिदाँ बहुमत जुट्ने नदेखेपछी तत्काललाई सामुहिक राजीनामा नदिने पक्षमा नेपाल समुह पुगेको एक सांसदले बताए ।
यद्यपि सोमबारसम्म यो निर्णयमा फेरबदल हुनसक्ने पनि ती सांसदले जानकारी दिए। सांसदहरुले संयुक्त रुपमा राजीनामा माधव नेपाललाई बुझाए पनि संसद सचिवालयमा दर्ता नगरिएको ती सांसदले बताए । जनता समाजवादी पार्टीका कतिपय सांसदहरु विश्वासको मतमा तटस्ठ बस्ने सम्भावना देखिएको र यसकारण प्रधानमन्त्री ओलीको बहुमत नपुग्ने देखिएपछि तत्काल राजीनामा नबुझाउने निचोडमा नेपाल पक्ष पुगेको हो ।
यसबारे सोमबार १ बजेभन्दा अगाडि निर्णय हुनसक्ने सम्भावना पनि रहेको छ । नेता नेपालसहित करिब २२ जना सांसदहरुले आइतबार संसद सचिवालयमा संयुक्त राजीनामा बुझाउने तयारी थियो।
यो समाचार पनि हेर्नुस.....................प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने
भोलि दिउँसो संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन । तर,संसदको अंक गणितले उहाँलाई विश्वासको मत मिल्ने अवस्था छैन । त्यसैले विश्वासको मत नपाएपछि स्वतः राजीनामा दिनुपर्ने भएकाले उहाँले राजीनामा दिने पक्का भएको हो । जन आस्थाबाट साभार
स्रोत भन्छ भोलि विश्वासको मत नपाएपछि लगत्तै शीतल निवास पुगेर राजीनामा दिनुहुनेछ । अनि राष्ट्रपतिले पनि त्यहिँ अल्पमतको सरकारको प्रधानमन्त्री बनाएको घोषणा गर्नुहुनेछ । भोलि साँझदेखि सम्भवतः उहाँ ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा कामचलाउ प्रधानमन्त्री बन्नुहुनेछ । यसअघि ०६७ सालमा राजीनामा दिएर १७ राउण्डको चुनाव गर्दा पनि नयाँ सरकार बन्न नसक्दा माधवकुमार नेपालले ७ महिनासम्म कामचलाउ सरकार चलाएजस्तै नयाँ सरकार बन्न नदिने ओलीको अधिकतम कोशिश हुनेछ ।
०६७ सालमा राजीनामा दिएर १७ राउण्डको चुनाव गर्दा पनि नयाँ सरकार बन्न नसक्दा माधवकुमार नेपालले ७ महिनासम्म कामचलाउ सरकार चलाएजस्तै नयाँ सरकार बन्न नदिने ओलीको अधिकतम कोशिश हुनेछ ।