Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा फुटाईदिने न्यायधीश रेग्मीका दाजुलाई लोक सेवाको अध्यक्ष पद उपहार

नेकपा फुटाईदिने न्यायधीश रेग्मीका दाजुलाई लोक सेवाको अध्यक्ष पद उपहार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २६, २०७८ आइतवार • १६:०६:०९ बजे
  • 1.8K
    SHARES
  • नेकपा फुटाईदिने न्यायधीश रेग्मीका दाजुलाई लोक सेवाको अध्यक्ष पद उपहार

    काठमाडौं । संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो । यो समाचार आजको अर्थबाट साभार गरिएको हो ।

    images

    रेग्मी नेकपाको एकता भंगको फैसला गर्ने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् । लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित भएपनि नेकपा फुटाउने बेला न्यायधिश रेग्मीसँग भएको भद्र सहमति अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दाजु माधवलाई अध्यक्ष उपहार दिएका हुन् ।

    रेग्मी प्रधानमन्त्री ओलीको गृहनगरकै व्यक्ति पनि भएकोले राजनीतिक हिसावले पछिसम्म काममा लाग्ने र आफ्नो अनुकुलता हुनेगरी नेकपा फुटाइदिने कुमार रेग्मीको गुन पनि तिर्ने गरी उक्त निर्णय गरेको बताइन्छ। प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।

    को हुन् रेग्मी ?

    कांग्रेस निकट मानिने रेग्मी परिवार खोटाङबाट बसाइँ सरेर झापा आएको थियो । हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आए पनि उनको जन्म भने खोटाङको दुबेकोटमा भएको थियो । रेग्मी लोक सेवा आयोगको पूर्वसचिव हुन् । रेग्मीले शाखा अधिकृतको रुपमा पनि आयोगमा काम गरेका थिए । लोक सेवा आयोगमा आठ वर्ष काम गरेको अनुभव संगालेको भन्दै उनले सोही आयोगको अध्यक्ष बन्न इच्छा देखाउँदै लबिङ गरेका थिए ।

    रेग्मी सरकारी सेवामा प्रवेश गरेको भने २०३७ सालमा हो । २०३७ साल वैशाख ९ गते अस्थायी डिठ्ठा भएर सरकारी सेवा सुरु गरेका उनी सोही वर्ष स्थायी खरदार बनेका थिए । सरकारी सेवाका सबैजसो पदमा क्रमशः सेवा गरेको अनुभव संगालेका उनी २०६८ साल साउन ११ गते सचिव बनेका थिए । सचिवको रुपमा पूरै पाँच वर्ष कार्यकाल पूरा गरेर उनी ५४ वर्षको उमेरमा लोक सेवा आयोगबाटै रिटायर्ड भएका थिए ।

    त्यसैले कतिपयले प्रधानमन्त्री ओलीले उनलाई नियुक्ति दिएर नेकपा विभाजनको फैसलाको गुन तर्न खोजेको टिप्पणीसमेत गर्दछन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology