पोखरा - आइतबार दिउँसो जनता समाजबादी पार्टी नेपालका नेता राजेन्द्र महतो र महन्थ ठाकुर भारतीय दूतावास पुगेका छन्। केहीबेर अघि उनीहरु दूतावास छिरेका हुन्।
सघिय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराइको निवासमा भएको आफ्नो पार्टीको पदाधिकारी बैठकमा समेत सामेल भएका दुवै नेता भारतीय दुतावास पुगेका हुन । बैठकमा भट्टराईसहित अशोक राई समेतको उपस्थीति थियो ।
त्यो भन्दाअघि उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए।
ठाकुर र महतोले प्रधानमन्त्री ओलीलाई भने : तपाईंलाई विश्वासको मत दिँदैनौँ
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।वरिष्ठ नेता राजेन्द्र महतोसहित बालुवाटार पुगेका ठाकुरले जसपाका मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने बताएका हुन्।
आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुर र महतोले विश्वासको मत दिन नसकिने जवाफ दिएका हुन् । हाम्रा मागहरू अझै पूरा भएका छैनन् । माग पूरा नभएको अवस्थामा हामीले तपाईलाई विश्वासको मत दिन सक्दैनौं ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो ।
भेटमा प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्ने क्रम शुरू भइसकेको र अन्य माग पूरा गर्न पनि सरकार सकारात्मक रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत नदिए पनि विपक्षी गठबन्धनमा सहभागी नहुन आग्रह समेत गरेका छन् । सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत दिँदै छन् ।
आइतबार बिहानै कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि ओलीलाई भेटेका थिए । देउवालाई पनि आफूहरु तटस्थ बस्ने जवाफ ठाकुर र महतोले दिएका थिए ।