गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन । उनले शनिवार साझँ प्रदेश प्रमुख सीता कुमारी पौडेल समक्ष राजीनामा बुझाएका हुन । उनको राजीनामा पनि स्वक्र्ति भइसकेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डी प्रसादले जानकारी दिए । अर्को मन्त्रिपरिषद गठन नभएसम्म नेपालको संबिधानको धारा १६९ को उपधारा (३) बमोजिम मौजुदा मन्त्रिपरिषदले कार्य संचालन गर्ने र नेपालको संबिधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ (तीन) दिन भित्र सरकार गठन गर्न प्रदेश प्रमुखले आव्हान पनि गरेका छन ।
मितिः २०७८।०१।२६
गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री पृथ्बी सुब्बा गुरुङले मिति २०७८।०१।२६ मा नेपालको संविधानको धारा १६९ को उपधारा (१)(क) बमोजिम माननीय प्रदेश प्रमुख श्री सीता कुमारी पौडेल समक्ष मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकोले हालसम्म बहाँको नेतृत्वमा रहेको मन्त्रिपरिषदले गरेका कामका लागि धन्यवाद दिदै अर्को मन्त्रिपरिषद गठन नभएसम्म नेपालको संबिधानको धारा १६९ को उपधारा (३) बमोजिम मौजुदा मन्त्रिपरिषदले कार्य संचालन गर्ने र नेपालको संबिधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ (तीन) दिन भित्र सरकार गठन गर्न आव्हान गर्नु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस बिज्ञप्ति जारी गरिएको छ।
चण्डी प्रसाद
प्रवक्ता
