पार्टी एकताका लागि नेकपा (एमाले)को झलनाथ खनाल–माधव कुमार नेपाल समूहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओ'लीलाई दिएको अल्टिमेटमको समय सकिएको छ।
खनाल–नेपाल पक्षले ओ'लीलाई आफ्ना माग सम्बोधन गर्न आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । नेपाल पक्षले दिएको समयसीमाभित्र अध्यक्ष ओ'लीले थप कुनै सम्बोधन नगरेपछि नेपााल पक्षीय सांसदहरु सिंहदरबारमा जम्मा हुने भएका छन् । यसअघि मध्यरातमा माधव नेपालले अोलीलाई पत्र लेखेर अन्तिम मौका दिइएको भन्दै ६ बुँदे शर्त नमाने प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने बताएका थिए ।
नेपाल पक्षले न'याँ पार्टी गठनको प्रक्रिया अघि बढाइसकेको छ । कां'ग्रेस माओवादी गठबन्धनको संसदमा बहुमत पुग्नेगरी नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेका छन् ।