Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल पक्षका सांसदहरुको निर्णय "सरकारलाई विश्वासको मतको मतदानमा अनुपस्थित हुने"

नेपाल पक्षका सांसदहरुको निर्णय "सरकारलाई विश्वासको मतको मतदानमा अनुपस्थित हुने"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २७, २०७८ सोमवार • १३:१८:४२ बजे
  • 1.4K
    SHARES
  • नेपाल पक्षका सांसदहरुको निर्णय "सरकारलाई विश्वासको मतको मतदानमा अनुपस्थित हुने"

    आज प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिदैँ छ । यता नेकपा एमालेको नेपाल-खनाल पक्षले सरकारलाई विश्वासको मतका लागि दिउसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ ।

    images

    सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । आज विहान नेपाल पक्षका सांसदहरुको बैठकले संसदमा अनुपस्थिति हुने निर्णय लिएको हो । सांसदहरुको बैठकपछि सिंहदरबारमा नै बसेको समूहको स्थायी कमिटीले अनुपस्थित रहने निर्णय गरेको हो ।

    सांसदहरुको बैठकमा सांसदहरुले आफ्ना धारणा राख्नेक्रममा केही सांसदले राजीनामा दिनुपर्ने र केहीले राजीनामा नदिएर बीचको बाटो खोज्न सुझाव दिएको बताए । बैठकमा सह्बभागी एक सांस्दले नेपालको संविधान, नेपालको लोकतन्त्रको मूल्य मान्यताको रक्षाका लागि अनुपस्थित हुने निर्णय गरेको बताए।

    नेता रावलले बैठकपछि भने, 'संसद विघटन गर्ने, दल विभाजनको प्रयास गर्न्, भ्रष्टाचारको संरक्षण गर्ने र विश्वासको मत लिने एक दिनअघि संवैधानिक परिषद् बोलाएर नियुक्ति गर्ने प्रधानमन्त्री केपी लाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने राजनीतिक नैतिकतालाई ध्वस्त गर्ने र देश र राज्यलाई कमजोर तुल्याउने हुँदा हामीले संसदको बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौं ।' उनले आफूहरुले सामूहिक राजीनामा दिने विषयमा पनि छलफल गरेको तर अहिलेलाई अनुपस्थित हुँदा पुग्ने निष्कर्षमा पुगेको पनि बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology