Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कांग्रेस र मा‌ओवादीबीच धारा ७६ को उपधारा २ अनुसार सरकार गठनमा दाबी गर्ने समझदारी

कांग्रेस र मा‌ओवादीबीच धारा ७६ को उपधारा २ अनुसार सरकार गठनमा दाबी गर्ने समझदारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २७, २०७८ सोमवार • १३:३१:५७ बजे
  • 1.2K
    SHARES
  • कांग्रेस र मा‌ओवादीबीच धारा ७६ को उपधारा २ अनुसार सरकार गठनमा दाबी गर्ने समझदारी

    पोखरा - कांग्रेस र मा‌ओवादीबीच धारा ७६ को उपधारा २ अनुसार सरकार गठनमा दाबी गर्ने समझदारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने भएपछि कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमलदाहाललगायतबीच संसद बैठक सुरु हुनु केहीबेरअघि कांग्रेस संसदीय दलमा भएको छलफलमा यस्तो समझदारी बनेको माओवादी नेता वर्षमान पुनले बताए ।

    images

    बैठकमा सहभागि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पनि ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपतिले धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार निर्माण आह्वान गर्ने र त्यसमा दावी गर्ने समझदारी भएको र बाँकी निर्णय त्यसपछिका बैठकले गर्ने बताए । सोमबार आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् यस्तै छलफलमा माधव नेपाल पक्षको निर्णय एक स्टेप अगाडि रहेको विश्लेषण गरिएको पुनले बताए ।

    एमालेको खनाल-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत पनि नहाल्ने र सांसद पदबाट पनि राजीनामा नदिने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # सरकार गठन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology