पोखरा - नेकपा माओवादी केन्द्रका सचेदेव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएका छन ।
आइतबार विहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले आफ्ना सांसदलाई विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव गर्दै छन् । त्यसमा हुने मतदानमा माओवादीले विपक्षमा मतदान गर्ने भएको हो ।
यस्तै जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले पनि विपक्षमा मतदान गर्ने भएको छ । कांग्रेसले यसअघि नै विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । एमालेको नेपाल खनाल पक्षका सांसद भने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ ।