Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माधव नेपालले पार्टी विभाजन गरेमा आफूले साथ दिने वामदेव गौतमको घोषणा

माधव नेपालले पार्टी विभाजन गरेमा आफूले साथ दिने वामदेव गौतमको घोषणा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २७, २०७८ सोमवार • १४:०७:३९ बजे
  • 949
    SHARES
  • माधव नेपालले पार्टी विभाजन गरेमा आफूले साथ दिने वामदेव गौतमको घोषणा

    काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले माधव नेपालले पार्टी विभाजन गरेमा आफूले साथ दिने प्रष्ट गर्नुभएको छ । तर पार्टीभित्रै रहेर समानान्तर गतिविधि गर्ने र कमिटी बनाउने विषयमा भने सहमति नहुने पनि उहाँले उल्लेख गर्नुभएको छ ।

    images

    आफ्ना प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत् पछिल्लो परिस्थितिबारे धारणा सार्वजनिक गर्दै गौतमले भन्नुभएको छ, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा मेरो सहमति छैन । गौतमले थप्नुभयो, तर यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

    आफूले २०७५ जेठ २ मा फर्कन गरेको आग्रह प्रधानमन्त्री ओलीले स्वीकार नगरेको पनि उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव लैजादै हुनुहुन्छ भने माधव नेपाल पक्षले बैठकमा अनुपस्थित रहने निर्णय गरेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology