अफगानिस्तानको प्रमुख वि'द्रोही पक्ष तालिबान समूहले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल–फित्रका अवसरमा तीन दिने युद्धबिराम घोषणा गरेको छ । तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै इद पर्वका अवसरलाई खुशीयालीपूर्वक शान्तिपूर्ण र सुरक्षित वातावरणमा मनाउन अफगान सरकारसँग तीन दिने युद्धबिराम गरिएको बताए ।
उनले इदको पहिलोदेखि तीन दिनका अवधिमा आफ्ना सबै तालिबान लडाकूहरुलाई कुनै पनि आक्रामक कारबाहीहरु स्थगित गर्न निर्देशन पनि दिएको छ । यस वर्षको इद आगामी बिहीबार पर्ने सम्भावना छ ।
तालिबान प्रवक्ताले यु'द्धबिरामको अवधिमा अफगान सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा प्रवेश नगर्न पनि आफ्ना लडाकूहरुलाई अनुरोध गरेको छ । तालिबान समूहको अग्रसरतामा देशका विभिन्न भागमा हिं'सात्मक भिडन्त जारी रहेकै अवस्थामा तालिबान समूहले यु'द्धबिरामको घोषणा गरेको छ ।