Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

"मुलुकका लागि राष्ट्रिय समस्या तपाईं कि म आउनुस् बहस गरौं"ओलीलाई प्रचण्डको चुनौती

"मुलुकका लागि राष्ट्रिय समस्या तपाईं कि म आउनुस् बहस गरौं"ओलीलाई प्रचण्डको चुनौती

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २७, २०७८ सोमवार • १६:१५:०५ बजे
  • 778
    SHARES
  • "मुलुकका लागि राष्ट्रिय समस्या तपाईं कि म आउनुस् बहस गरौं"ओलीलाई प्रचण्डको चुनौती

    पोखरा - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि राष्ट्रिय संकटको रुपमा आफू की प्रधानमन्त्री केपी शर्मा ओली को हो भनी बहस गर्न आफू तयार रहेको बताए। राष्ट्रिय समस्या म हो कि तपाई हो? बहस गरौं? म तपाईंसँग बहस गर्न चाहन्छु, प्रचण्डले संसदमा भने।

    images

    उनले पार्टीभित्र बहस गर्दा कुन कुरामा कहाँनेर आफूले व्यवधान गरेँ भनी उनले ओलीसँग प्रश्न गरे। मैले व्यवधान गरेको तपाईसँग यसको आधिकारिक र प्रमाणिक जवाफ छ? तपाईंले वाम गठबन्धनलाई डे वानदेखि तुहाउन लाग्नु भयो भन्ने मेरो आरोप छ, उनले भने, पार्टीभित्र विवाद, बहसलाई यो सम्मानित सदनलाई विघटन गरेर न्याय गरेको हो? पार्टीभित्र भएको बहसको रिस संसदमाथि पोखेर सारा मुलुकवासीलाई दुःख दिएको उनले बताए।

    प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गुमाइसकेको भन्दै उनलाई भोट दिनपुर्ने कुनै आधार र कारण नभएको जिकिर गरे। सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, प्रधानमन्त्रीजीले सबैले मलाई भोट हाल्छन् भन्नुभएको छ । तर, मेरो सबैलाई अपिल छ प्रधानमन्त्रीजीबाहेक सबैले विपक्षमा भोट हालौं नयाँ इतिहास बन्छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology