प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा अहिले प्रतिनिधि सभा सदस्यहरूले मतदान गरिरहेका छन्। यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव प्रस्तुत गरेका थिए।
उनले आफ्नो सरकारले राष्ट्रियतादेखि विकास निर्माणका काममा धेरै राम्रा गरेकाले सरकारलाई विश्वासको मत नदिनु पर्ने कुनै कारण नभएको बताए। उनले सबै सांसदहरूलाई आफूलाई मत दिन आग्रह गरे। संसदमा बोल्दै अरू दलका नेताहरूले भने ओली सरकारको तीव्र आलोचना गर्दै उनलाई विश्वासको मत नदिने बताए। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने आफू प्रस्तावमा तटस्थ बस्ने बताएका छन्।
नेकपा एमालेकै बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू भने आजको बैठकमा अनुपस्थित छन्। यसरी हेर्दा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत पाउने सम्भावना छैन।