Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीको कम्युनिष्ट सरकार ढल्यो

केपी शर्मा ओलीको कम्युनिष्ट सरकार ढल्यो, विश्वासको मत पाएनन्

केपी शर्मा ओलीको कम्युनिष्ट सरकार ढल्यो, विश्वासको मत पाएनन्

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २७, २०७८ सोमवार • १७:५५:२९ बजे
  • 1.0K
    SHARES
  • केपी शर्मा ओलीको कम्युनिष्ट सरकार ढल्यो, विश्वासको मत पाएनन्

    प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् ।

    images

    प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएनन्।

    जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो। पक्षमा ९३ मत मात्र पाएका छन्। विपक्षमा १२४ मत र प्रस्तावकोफ मत दिन्न भन्नेमा १५ मत परेको छ। विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि एमालेका २८ सांसद अनुपस्थित भएका थिए।

    एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन्। खनाल नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology