Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वैकल्पिक सरकार

वैकल्पिक सरकारमा संलग्न हुनु मधेश आन्दोलन विपरित : महन्थ ठाकुर

वैकल्पिक सरकारमा संलग्न हुनु मधेश आन्दोलन विपरित : महन्थ ठाकुर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २८, २०७८ मंगलवार • ०९:५५:१६ बजे
  • 1.4K
    SHARES
  • वैकल्पिक सरकारमा संलग्न हुनु मधेश आन्दोलन विपरित : महन्थ ठाकुर

    नयाँ सरकार गठनको प्रकियामा जनता समाजबादी पार्टी सामेल नहुने अध्यक्ष महन्थ ठाकुरले बताएका छन । वैकल्पिक सरकारको निर्माणमा लाग्नु मधेश आन्दोलनको मर्म विपरित हुने भन्दै अध्यक्ष ठाकुरले सरकार गठन प्रकियामा सामेल नहुने विज्ञप्ती नै निकालेका छन ।

    images

    विज्ञप्तिमा ठाकुरले भनेका छन्, जसपा सत्ताको प्राप्ति भन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपाको मुल धेय रहेको अवस्थामा मुद्दाबाट विचलित भइ सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो, मधेश आन्दोलनको मर्म र भावना विपरीत हो भन्ने हाम्रो ठहर छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । सोमबार संसदमा विश्वासको मत नपाएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् ।

    प्रधानमन्त्री केपी ओली संसद्मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका अध्यक्षहरूले बहुमतीय सरकार गठनका लागि प्रक्रिया अघि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका थिए। संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरेका थिए।

    सोमबारै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई ३० गते बिहीबारका दिन साँझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा आफ्नो दावी पेश गर्न आह्वान गरेकी छिन्।

    विश्वास प्राप्त गर्न ओलीलाई १३६ मत आवश्यक थियो। तर ओलीले जम्मा ९३ मत पाएका छन्। उनको विपक्षमा १२४ मत परेको छ। त्यस्तै मत दिन्न भन्ने वा तटस्थमा १५ मत परेको छ। संसदमा जम्मा २३२ सांसद उपस्थित थिए। प्रतिपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र जसपालगायतले ओलीलाई विश्वासको मत दिएनन्। एमालेकै माधव नेपाल पक्षका सांसदहरू पनि संसदमा अनुपस्थित भएर विश्वासको मत लिने ओलीको कदमलाई असहयोग गरेका छन्।

    जसपामा विश्वासको मतको पक्षमा बाबुराम-उपेन्द्र समूहले मतदान गरेपनि ठाकुर र राजेन्द्र महतो पक्ष तठस्थ बसेका थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology