Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकार गठनको लागी आह्वान

बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आव्हान, ओलीलाई कामचलाउको जिम्मा

बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आव्हान, ओलीलाई कामचलाउको जिम्मा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २८, २०७८ मंगलवार • १०:२७:५४ बजे
  • 1.3K
    SHARES
  • बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आव्हान,  ओलीलाई कामचलाउको जिम्मा

    प्रधानमत्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिन नसकेपछी राष्टपतो बिद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठनको लागी आह्वान गरेकी छन ।

    images

    उनले माघ ३० गते बेलुका ९ बजे समय सिमा भित्र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रायोजनका लागी प्रस्ताव गर्न भनेकी छन ।

    राष्ट्रपति कार्यालत द्दारा जारी विज्ञप्तीमा "नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८१३० गते बिहीबारका दिन साँझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दावी पेश गर्न आह्वान" गरिएको छ।

    rastapati_20210510154028.jpg

    नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम मिति २०७४/११/३ गते नियुक्त प्रधानमन्त्री श्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम मिति २०७८१२७ मा प्रतिनिधि सभामा विश्वासको मतको लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसके पछी राष्ट्रपतिले सरकार गठनका लागी आह्वान गरेकि हुन ।

    यसै गरी राष्ट्रपतिले अर्को मन्त्रिपरिषद्‌ गठन नभएसम्म मन्त्रिपरिसद्को कार्य सञ्चालन गर्न ओलीलाई नै जिम्मा दिएकी छन । नयाँ सरकार गठन नहुदा सम्म ओलीलाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई संविधानको धारा ७७ को उपधारा (३) बमोजिम कामचलाउको जिम्मा तोकेकी हुन्।

    presi.jpg

    धारा ७६ (२) अनुसारको नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दलहरुलाई वैशाख ३० गतेसम्मको समयसीमा तोकेकी छन्।

     

  • सम्बन्धित विषय:

  • # सरकार गठन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology