Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेका माधव नेपाल पक्षले राजीनामा दिएमा मात्र कांग्रेस नेतृत्वमा सरकार बन्ने

एमालेका माधव नेपाल पक्षले राजीनामा दिएमा मात्र कांग्रेस नेतृत्वमा सरकार बन्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २८, २०७८ मंगलवार • १२:५७:१४ बजे
  • 970
    SHARES
  • एमालेका माधव नेपाल पक्षले राजीनामा दिएमा मात्र कांग्रेस नेतृत्वमा सरकार बन्ने

    जनता समाजवादी पार्टीमा देखिएको विवादका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ । सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका थिए ।

    images

    बैठकमा प्रमुख राजनीतिक दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा लगायत दलका नेताहरुलाई बोलाइएको थियो ।

    नयाँ सरकार, "पछिल्लो" राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने जनाइएको थियो । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल सुरु गर्न लागेको हो ।

    जसपामा देखिएको विवादका कारण बैठक स्थगित भएको स्रोतले बताएको छ । जसपामा स्पष्ट दुई पक्ष देखिएकाले कां्रेस नेतृत्वमा 'नयाँ' सरकार बन्ने सम्भावना क्षीण बन्दै गएको छ । एमालेका माधव नेपाल पक्षले राजीनामा दिएमा मात्र कांग्रेस नेतृत्वमा सरकार बन्ने स्थिति छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology