Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता देउवा दाहाल र यादवबीच भेटवार्ता

देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता देउवा दाहाल र यादवबीच भेटवार्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २८, २०७८ मंगलवार • १४:११:४६ बजे
  • 2.0K
    SHARES
  • देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता देउवा दाहाल र यादवबीच भेटवार्ता

    पोखरा - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बुढानिलकण्ठमा छलफल भएको छ।

    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेपछि तीन दलका अध्यक्षहरूबीच आज देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो। प्रचण्ड र उपेन्द्रसँग छलफल गरेका देउवाले आज अपरान्ह ३ बजे पार्टी पदाधिकारी बैठक पनि राखेका छन्।

    जसपाभित्र नयाँ सरकारबारे भने विवाद देखिएको छ। अध्यक्ष ठाकुर पक्षले पार्टी वैकल्पिक सरकार निर्माणमा नलाग्ने भन्दै सोमबार राति विज्ञप्ति जारी गरेका छन्। तर सोमबार नै अर्का अध्यक्ष यादवले भने नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गर्दै देउवा र प्रचण्डसँगै मिलेर संयुक्त विज्ञप्ति जारी गरेका थिए।

    जसपामा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव प्रधानमन्त्रीबाट ओलीको विकल्प खोज्नुपर्नेमा छन्।

  • सम्बन्धित विषय:

  • # भेटवार्ता
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology