Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विद्युत्

छिमेकी देश भारत र वंगलादेशसँग विद्युत् खरिद तथा बिक्री प्रक्रिया खुल्ला

छिमेकी देश भारत र वंगलादेशसँग विद्युत् खरिद तथा बिक्री प्रक्रिया खुल्ला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७७ बिहिवार • ०८:३३:३२ बजे
  • 2.1K
    SHARES
  • छिमेकी देश भारत र वंगलादेशसँग विद्युत् खरिद तथा बिक्री प्रक्रिया खुल्ला
    नेपाल विद्युत् प्राधिकरणलाई छिमेकी देश भारत र वंगलादेशसँग विद्युत् खरिद तथा बिक्रीका लागि प्रक्रिया अघि बढाउन गर्न बाटो खुलेको छ ।
    बजारको अभावमा उत्पादित बिजुली खेर जाने भन्दै चिन्ता प्रकट भइरहेको बेला मन्त्रिपरिषद्ले नेपालमा उत्पादन भएको विद्युत् खरिद तथा विक्री गर्नका लागि प्राधिकरणलाई पूर्वस्वीकृति दिएसँगै बाटो खुलेको हो ।
    यसले भारत तथा वंगलादेशको बजारमा दैनिक, साप्ताहिक वा लामो समयसम्मका लागि विद्युत् खरिद तथा विक्रीका लागि त्यहाँ रहेका क्रेता तथा विक्रेता दुवैसँग विद्युत् खरिद बिक्रीका लागि प्राधिकरणले प्रक्रिया अघि बढ्न सक्छ ।
    विद्युत् प्राधिकरण ऐन तथा विद्युत् ऐन २०४९ ले विद्युत् खरिद बिक्रीका लागि सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था रहेकोले सो अनुसार सरकारले प्राधिकरणलाई स्वीकृति दिएको हो । सरकारले नुडल्स एजेन्सीको रूपमा तोकेपछि हाल विद्युत् प्राधिकरणले विद्युत् प्राधिकरण भारतीय सरकारी कम्पनीसँग विद्युत् खरिद भने गर्दै आएको छ तर विद्युत् बिक्री भने सुरु भएको छैन ।

    विद्युत् बिक्री प्रक्रिया अघि बढाउनका लागि यो निर्णयसँगै प्राधिकरणले पूर्ण अधिकार पाएको छ भने भविष्यमा यसका लागि अर्को स्वीकृति आवश्यक पर्दैन तर नेगोसिएसनपछि विद्युत् खरिद दर (पीपीए) लगायतका लागि भने विद्युत् नियमन आयोगसँग भने स्वीकृति लिई थप सम्झौता प्राधिकरणले भने गर्नुपर्नेछ । (कारोबार)

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology