Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक वर्षभित्र चुनाव

बाबुराम भट्टराइको चार प्रस्ताव"वर्तमान र पुर्व प्रम विनाको राष्ट्रिय सरकार देखि एक वर्षभित्र चुनाव"

बाबुराम भट्टराइको चार प्रस्ताव"वर्तमान र पुर्व प्रम विनाको राष्ट्रिय सरकार देखि एक वर्षभित्र चुनाव"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २९, २०७८ बुधवार • ०९:२२:५३ बजे
  • 1.8K
    SHARES
  • बाबुराम भट्टराइको चार प्रस्ताव"वर्तमान र पुर्व प्रम विनाको राष्ट्रिय सरकार देखि एक वर्षभित्र चुनाव"

    जनता समाजबादी पार्टीका सघिय परिषद्का अध्यक्ष एव् पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई देशको वर्तमान संकट हल गर्न पुर्व र बर्तमान प्रम बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न प्रस्ताव गरेका छन । उनले समाजिक सञ्जालमा मार्फत अवधारणा राख्दै सोही राष्ट्रिय सरकारले एक् बर्ष भित्र चुनाबमा जानु पर्ने बताएका छन ।

    images

    त्यस्तै दलका प्रमुख नेता तथा पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति, कोरोना नियन्त्रण, सत्य निरुपण तथा मेलमिलाप आयोगमुद्दा, संविधान संशोधन र आर्थिक राहतका विषयमा साझा न्यूनतम कार्यक्रम लागू गर्न सकिने पनि उनको भनाइ छ ।

    "संविधानको धारा ७६ को उपधारा २ बमोजिम पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउने र एक वर्षभित्र चुनावमा जानुपर्ने ,दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशक समिति बनाएर अघि बढ्न सकिने,सबैको सहमतिमा कोरोना भाइरसको संक्रमण नियन्त्रण र संविधान संशोधनका मुद्दामासमेत सहकार्य गरेर अघि बढ्न सकिने बताएका हुन ।

    सोमबार प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार बनाउन दुई वा दुईभन्दा बढी दललाई आह्वान गरेकी छिन् । तर प्रमुख प्रतिपक्ष कांग्रेस आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउन अग्रसर भए पनि बहुमत सदस्य जुटाउन सकस पर्ने देखिएको छ । नयाँ सत्ता समीकरणका लागि निर्णायक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको फरक अडानले आफ्नो नेतृत्वमा सरकार गठन गर्न अघि बढेका कांग्रेस सभापति शेरबहादुर देउवालाई बहुमत संख्या पुर्याउन कठिन भएको हो । ठाकुर महतोले साथ दिने संकेत नमिलेपछि मंगलबार विपक्षी गठबन्धनको बैठक बस्न सकेन ।

    कांग्रेस पदाधिकारीको बैठकले जसपाको ठाकुर पक्षलाई मनाउन नसके एमालेको झलनाथ खनाल माधवकुमार नेपाल पक्षका सांसदको सामूहिक राजीनामा दोस्रो विकल्प हुन सक्ने भन्दै छलफल अघि बढाउने निष्कर्ष निकालेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार बहुमत जुटाउन अनौपचारिक र औपचारिक तहमा सबै पक्षसँग छलफल भइरहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology