नेकपा एमालेको विहिवार विहान बसेको स्थायी समिती बैठकले माधव कुमार नेपाल लगाएत चार नेताको कार्वाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले निलम्बनकाे कारबाही फिर्ता लिने निर्णय गरेको स्थायी समिति सदस्य सुवास नेम्वाङले बताए।
वैठकले नेपाल सहित भिम रावल , सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कार्वाही फुकुवा गरेका हुन । एमालेले चारै जनालाई पार्टीको हित विपरित काम गरेको भन्दै ६ महिना साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको थियो ।बैठकले नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधन र निर्णय लिन पार्टी अध्यक्ष ओलीलाई अधिकार दिने निर्णय समेत गरेको छ ।
गत २८ गते अध्यक्ष केपी शर्मा ओलीले आफु निकट केन्द्रीय सदस्यहरुको बैठक राखेर नेपाल लगाएत अन्य नेताहरुलाई कार्वाही गरेका थिए भने माओबादी केन्द्रवाट आएका राम बहादुर थापा लगाएतका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
एमालेका स्थायी समिती सदस्य सुवास नेम्बाङले पार्टी एकतालाई मध्यनजर गर्दै चार नेताको कार्बाही फुकुवा गरेको बताएका छन ।चार नेताको निलम्बन मुक्त गर्ने निर्णय गरे लगत्तै नेम्वाङले भने, हामी पार्टी एकताको पक्षमा छौं, निर्णयले पार्टी एक हुन मद्दत पुग्ने विश्वास लिएका छौं।
राष्ट्रपति विद्यादेवी भण्डारीले मिलीजुली सरकार गठन गर्न आह्वान गरेको समयावधि सकिने दिन बसेको बैठकले चार नेतामाथिको कारबाही फिर्ता गर्ने निर्णय गरेको हो।