Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेपाललाई भेट्ने प्रस्ताव सहित ओलीको फोन,२ घण्टा पछी कुरा गर्ने जवाफ

नेपाललाई भेट्ने प्रस्ताव सहित ओलीको फोन,२ घण्टा पछी कुरा गर्ने जवाफ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ३०, २०७८ बिहिवार • १२:२७:२६ बजे
  • 1.6K
    SHARES
  • नेपाललाई भेट्ने प्रस्ताव सहित ओलीको फोन,२ घण्टा पछी कुरा गर्ने जवाफ

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बीच टेलिफोन सम्वाद भएको छ । अध्यक्ष ओलीले नेपाललाई टेलिफोन गरेर भेटवार्ताको प्रस्ताव राखेका हुन् । उहाँ (केपी ओली) ले टेलिफोन गरेर छलफल गरौं भन्नुभयो । तर माधव कमरेडले दुई घण्टापछि कुरा गरौंला भन्नुभएको छ नेता सुवास नेम्वाङले भने ।

    images

    ओलीले कुराकानी गरेर अगाडि बढ्ने प्रस्ताव राखेको पनि नेम्वाङले बताए ।आजै बालुवाटारमा बसेको बैठकले नेता नेपाल सहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । गएको १६ र २० वैशाखमा चार नेतालाई ६ महिनासम्म निलम्बन गरिएको पत्र ओलीले थमाएका थिए । तर स्थायी कमिटी बैठक राखेर कारबाही फुकुवाको निर्णय गरेको छ । बैठकले ओलीलाई नेता नेपालसँग सम्वाद गर्ने र सहमति गर्ने थप अधिकार पनि दिएको छ ।

    राजनीतिक परिस्थितिति हेरेर माधव कमरेडहरुसँग छलफल र वार्ता गर्नेदेखि अरु दलसँग छलफल गर्नेसम्मको अधिकार दिएको छ नेम्वाङले भने । २७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको संयुक्त सरकारका निम्ति दिएको समय आजै सकिदैछ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology