जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । केहीबेरअघि महतो देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् । बहुमतको सरकार गठनमा सहभागी नहुने जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो अडान लिएका छन् ।
संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठन गर्ने समयावधी आजै सकिँदैछ । यसैबीच महतो सभापति देउवालाई भेट्नुलाई अर्थपूर्ण हेरिएको छ ।
महन्थ राजेन्द्र पक्षले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालेको बुझिएको छ। ठाकुरको नेतृत्वमा गठबन्धन सरकार बनाउन कांग्रेस सभापति देउवालाई प्रस्ताव राखेको महन्थ-राजेन्द्रनिकट एक नेताले जानकारी दिए।