एमाले नेता माधवकुमार नेपालले सांसदहरुको राजीनामा तत्काललाई टरेको प्रतिकिया दिएका छन । प्रधानमन्त्री एव् नेकपा अध्यक्ष केपी शर्मा ओली सँग चपली हाइटस्थित क्या रामेश्वर थाओाको घरमा भएको चार घण्टा भएको भेटवार्ता पछी नेपालले राजीनामा दुई चार दिनलाई टर्यो भन्दै पत्रकारलाई प्रतिकिया दिएका थिए ।
उनले फागुन २८ को निर्णय खारेज गर्ने २०७५ जेठ २ मा फर्कने प्रक्रियाबारे निरन्तर छलफल गर्ने बताए।वार्तापछि प्रधानमन्त्री ओलीले भने संवाददातालाई कुनै पनि प्रतिक्रिया दिएनन्। हामी दुईजना बीच कुराकानी हुँदा पार्टी भित्रकै विषयमा छलफल भए । छलफलमा फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा कुरा भएको छ । छलफल जारी छ नेता नेपालको भनाई छ ।
त्यस्तै उनले आज आफ्नो समूहका सांसदहरुले दिने भनेको राजीनामा पनि टरेको बताए । उनकाअनुसार अब एमाले विवाद समाधानतर्फ अघि बढेको छ । ‘बैशाख २६ गते केपी ओलीलाई पठाएको पत्रमा ६ बुँदे जे विषयवस्तु अघि सारेको थिएँ, त्यसमा छलफल गरियो ओलीसँगको भेटवार्तापछि नेता नेपालले भने, फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसला बमोजिम पार्टीलाई जेठ २ गतेको अवस्थामा पुर्याउने सहमति भएको छ ।