Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तेस्रो पटक प्रधानमन्त्री

केपी ओली तेस्रो पटक प्रधानमन्त्री बन्दै,दिउसोँ दुई बजे सपथ ग्रहण

केपी ओली तेस्रो पटक प्रधानमन्त्री बन्दै,दिउसोँ दुई बजे सपथ ग्रहण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ३१, २०७८ शुक्रवार • १०:२०:२४ बजे
  • 1.2K
    SHARES
  • केपी ओली तेस्रो पटक प्रधानमन्त्री बन्दै,दिउसोँ दुई बजे सपथ ग्रहण

    पोखरा - राष्ट्रपति बिद्या देवी भण्डारीले एमालेकासंसदीय दलका नेता केपी शर्मा ओलीलाई पुन प्रधानमन्त्रीमा नियुक्त गरेकि छन ।संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए ।

    images

    प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । त्यसपछि स्वतः पदमुक्त भएका ओली दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैको दाबी नपरेपछि पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।

    'राष्ट्रपतिज्यूले संविधानको धारा ७६ उपधारा ३ अनुसार प्रधानमन्त्रीमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका नेता केपी शर्मा ओलीलाई नियुक्त गर्नुभएको हो,' प्रवक्ता तथा सहसचिव भट्टराईले भने ।

    ओलीलाई शुक्रबार शपथ दिउँसो गराउने तयारी भइरहेको उनले बताए । 'शपथ २ बजेतिर गर्ने तयारी छ, ' प्रवक्ता भट्टराईले भने ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology