Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

परिवर्तन विरोधी प्रतिगामी शक्तिकाविरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन प्रचण्डको आह्वान

परिवर्तन विरोधी प्रतिगामी शक्तिकाविरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन प्रचण्डको आह्वान

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ३१, २०७८ शुक्रवार • १०:३२:५५ बजे
  • 727
    SHARES
  • परिवर्तन विरोधी प्रतिगामी शक्तिकाविरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन प्रचण्डको आह्वान

    पोखरा - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका हक र अधिकारमाथि प्रतिक्रियावादीहरूबाट प्रहार भइरहेको बताएका छन्।

    images

    नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियाहरुबाट प्रहार भइरहेको प्रचण्डले बताएका हुन्। मुस्लिम समुदायको महान् चाड इद उल फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले परिवर्तन विरोधी प्रतिगामी शक्तिकाविरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान पनि गरेका छन्।

    उनले भनेका छन्, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको छ। अहिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियाहरुबाट प्रहार भइरहेको छ।

    परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गर्दै विश्वभर फैलिएको कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन सबैमा आग्रह पनि गर्दछु। प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा यसको भिन्नै मौलिक पहिचान रहेको पनि बताएका छन्।

    मौलिक पहिचानकै कारण नेपाली जनसमुदायका बीचमा सदियौंदेखि सहिष्णुता र राष्ट्रिय एकताको भावना जागृत भएको प्रचण्डको भनाइ छ। उनले भनेका छन्, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology