Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माधव कुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको बैठक बस्दै

माधव कुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको बैठक बस्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ३१, २०७८ शुक्रवार • १३:३५:२३ बजे
  • 838
    SHARES
  • माधव कुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको बैठक बस्दै

    नेकपा एमालेका नेता माधव कुमार नेपालले आफु निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । वैठक आज शुक्रबार दिनको दुई बजेबाट भर्चुल मार्फत हुने छ । नेता नेपालले विहिवार अध्यक्ष केपी ओली सँग भएको छलफल र सहमतीको बारेमा जानकारी बताउने जनाएको छ ।

    images

    दुई नेताबीचको छलफलमा पार्टी संरचना २०७५ जेठ २ को स्थितिमा फर्काउने र अध्यक्ष केपी शर्मा ओली पक्षले फागुन २८ गते गरेको निर्णयबारे छलफल गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो ।

    उक्त सहमतिपछि माधव नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी स्थगित भएको थियो ।

    केपी ओली तेस्रो पटक प्रधानमन्त्री बन्दै,दिउसोँ दुई बजे सपथ ग्रहण

    राष्ट्रपति बिद्या देवी भण्डारीले एमालेकासंसदीय दलका नेता केपी शर्मा ओलीलाई पुन प्रधानमन्त्रीमा नियुक्त गरेकि छन ।संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए ।

    प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । त्यसपछि स्वतः पदमुक्त भएका ओली दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैको दाबी नपरेपछि पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।

    'राष्ट्रपतिज्यूले संविधानको धारा ७६ उपधारा ३ अनुसार प्रधानमन्त्रीमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका नेता केपी शर्मा ओलीलाई नियुक्त गर्नुभएको हो,' प्रवक्ता तथा सहसचिव भट्टराईले भने ।

    ओलीलाई शुक्रबार शपथ दिउँसो गराउने तयारी भइरहेको उनले बताए । 'शपथ २ बजेतिर गर्ने तयारी छ, ' प्रवक्ता भट्टराईले भने ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology