नेकपा एमालेका ओली र नेपाल पक्षबीच भएको वार्ताले कार्यदलको नाम टुंगाउने भएको छ । कार्यदलको नाम टुंग्याउने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलमा दुवै पक्षबीच उत्पन्न विवादको समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको हो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमालेका नेता भीमबहादुर रावलले एकता कायम राखी पार्टीलाई अगाडि बढाउन गम्भीर छलफल भएको बताए । कार्यदलका सदस्यहरुको नाम अध्यक्ष ओली र नेता नेपालले तय गर्ने पनि नेता रावलले बताए । उनका अनुसार छलफल फेरि अगाडि बढाइने छ ।
छलफलमा पार्टी अध्यक्ष "ओली" नेता नेपालसहित, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता भिम रावल, घनश्याम भूसाल, गोकर्ण विष्ट, रघुजीपन्त सहभागी थिए ।