जनता समाजवादी पार्टी नेपालका सघिय परिषद् अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले आफुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राखेको राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव अस्विकार गरेको बताएका छन । तर नेकपा एमालेका नेता महेश बस्नेतले भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गरेको पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा दाबी गरेका थिए।
नेकपा एमालेका सांसद महेश बस्नेतले प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा भट्टराईले ओलीलाई भेटेर 'प्रधानमन्त्री बनाइदिनुपर्यो' भनेको भनेपछि उनले सामाजिक सञ्जालमा स्पष्टीकरण दिएका हुन् । बस्नेतले भट्टराईले दस दिनको अवधिमा बालुवाटार पुगेर दुईपटक ओलीसँग भेटवार्ता गरेको बताएका थिए ।
भट्टराईले उक्त कुराको संकेत गर्दै गत बुधबार नै ट्वीट गरेका थिए।
प्रधानमन्त्रीले दूतमार्फत् बोलेकाले बोल्नैपर्ने भयो- महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली होइन प्रधानमन्त्री ओलीलाई भेटेकै हो। भट्टराईले उक्त भेटमा आफूले प्रधानमन्त्री भइसकेकाबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाएर जानुपर्ने बताएकोसमेत उल्लेख गरेका छन्। मैले वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा ७६ (५) बमोजिम बनाउन सकिन्छ, सोचौं।
संविधानको धारा ७६ (५) मा प्रतिनिधि सभामा कुनै सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ भन्ने उल्लेख छ। हालै प्रधानमन्त्री ओली संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको संसदीय दलका नेताका रूपमा प्रधानमन्त्री नियुक्त भएका छन्, उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।