Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमाले भित्रको विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन,कार्यदलमा अटाएन माओवादीबाट आएका बादल

एमाले भित्रको विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन,कार्यदलमा अटाएन माओवादीबाट आएका बादल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २, २०७८ आइतवार • १६:३१:३६ बजे
  • 1.6K
    SHARES
  • एमाले भित्रको विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन,कार्यदलमा अटाएन माओवादीबाट आएका बादल

    पोखरा । नेकपा एमाले भित्रको विवाद मिलाउन प्रधानमन्त्री समएत रहेका एमलाए अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल बीच पार्टी एकता टुङ्याउन १० सदस्यीय कार्यदल गठन गर्ने सहमति गरेका छन ।

    images

    आइतवार ओली र नेपाल बीच सिह दरवारमा भएको भेटवार्तामा दुवै पक्षबाट पाचँ पाचँ जना रहने गरी १० सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको हो ।

    कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल रहेका छन् । नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

    नेपाल पक्षले राखेको २ जेठ ०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गर्नुपर्ने र आगामी दिनमा सहमतिको आधारमा अघि बढ्नुपर्ने माग राखेको छ ।वार्तापछि नेपालले पत्रकारहरूसँग भने, मैले अघि सारेको ६बुँदे प्रस्तावमा आधारित भएर पार्टी संरचनालाई २ जेठ ०७५ मा फर्काउन कार्यदल बनेको छ ।

    सकभर तीन दिनभित्र काम सक्न भनिएको छ, तर समय पुग्दैन भन्ने कुरा पनि आएको छ । कार्यदलले छिट्टै काम सक्नेछ । पूर्वमाओवादीको तर्फबाट पनि कार्यदल सदस्य राख्ने चर्चा हुँदै आए पनि नेपाल पक्षले असन्तुष्टि राखेपछि उनीहरूलाई समेटिएको छैन ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology