पोखरा । सरकारले अध्यादेश मार्फत आगामी बजेट ल्याउने शंका उपशंका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा मार्फत नै आगामी बजेट पेश हुने बताएका छन । सिहदरवारमा आज बिहान बसेको पार्टी बैठक पछी सञ्चारकर्मी सँग कुरा गर्दै प्रधानमन्त्री ओलीले संसद ज्युदै गरेको बताउदै प्रकियाबाटै बजेट आउने बताएका हुन ।
सवैधानिक व्यवस्था अनुसार सरकारले हरेक बर्ष जेष्ठ १५ गते बजेट सार्बजनिक गर्नु पर्ने प्रावधान छ । तर सरकारले अहिले सम्म बजेट अधिवेशन सिफारिस गरेको छैन । यस्तै जेठ १५ गतेअगाडि नै राष्ट्रपतिले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेर पारित गर्नुपर्ने व्यवस्था छ ।
यसबीचमा वैशाख ३० गते ठूलो दलको हैसियतले पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।