नेपाल आयल निगमले आइतवार राती १२ बजे देखि लागुहुने गरी प्रेटोलियम प्रदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।
आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।
५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण
लामो समय देखि ओमनामा व्यवसाय गर्दै आएका क्लाउड क्रस ट्राभल्स एण्ड टुर्सले २ सिलिण्डर सहयोग गरेका छन । ट्राभल्सका प्रवन्धक निर्देशक मुन्ना वावु परियारले नेपाली ५० हजार बरावरको दुई ग्यास सिकिण्डर सहयोग गरेका हुन । परियार जन्मभुमीमा आपत पर्दा टढा रहेर पनि सहयोग गर्न पाउनु सौभाग्य प्राप्त भएको बताएका छन ।
ओमानको मस्कटबाट गैरआवासीयले पठाएको ५६० थान अक्सिजन सिलिण्डरलाई नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ल्याएको छ ।
गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिण्डर निगमको वाइड बडी ए ३३० जहाजले काठमाडौँ ल्याएको हो ।
नेपालको कोभिड महामारीमा सघाउन मध्यपूर्वी मुलुक ओमानमा रहेका नेपाली श्रमिकहरुले खरिद गरेका ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने यी सिलिन्डर आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।
मध्यपूर्वमा रहेका नेपालीहरु एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका रु ७५ लाख भन्दा बढीको अक्सिजन सिलिण्डर आइतबार एक कार्यक्रमका बीच गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।
कोभिड – १९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो रहेको भन्दै विदेशमा रहेका नेपालीहरुले यस संकटको घडीमा मानवीय सहायताको लागि हात अघि बढाएको अध्यक्ष कुमार पन्त बताए ।
संघले विदेशस्थित राजदूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेको उनले बताए।